धनगढीमा लागूऔषध र नगद सहित ३ जना पक्राउ

धनगढी- धनगढीमा लागूऔषध र नगद सहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ ट्याम्पल रिसोर्ट नजिकबाट गौरीगंगा नगरपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ मा कोठा गरी बस्ने २६ वर्षीय रोहन परियार १ सय मिलिग्राम लागूऔषध (खैरो हेरोईन) र नगद ४१ हजार २ सय ९० सहित सोमवार पक्राउ परेका हुन् ।

त्यस्तै धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीय अशोक पालसहित २ जनालाई ३ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ गरिएको छ । यी दुबै जनाले प्रयोग गरेको स्कुटी १ थान सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...