कैलालीमा चट्याङ् लागेर एकको मृत्यु

धनगढी- कैलालीमा चट्याङ् लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका ९ मगर टोल बस्ने लाल सिंह बि.क. को १५ वर्षीया छोरी ममता बि.क. को मृत्यु भएको हो ।

उनको सोमवार पसलबाट घर फर्कने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...