गोदावरी १० को खमौरा शिविरमा एकीकृत माछा पोखरी निर्माणको कार्य सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १० को खमौरा शिविरको गवसी घटेश्वर सामुदायिक वनमा निर्माणमा अधुरो रहेको खाल्डो पारीएको भागको केही ठाउँमा एकीकृत माछा पोखरी निर्माणको कार्य सुरु भएको छ ।

साझेदारी संस्था USAID – तयार नेपालद्वारा यस क्षेत्रमा रहेका दलित, विपन्न, जनजाति आय स्रोत कम भएका ६० परिवारलाई यस क्षेत्रमा माछा पालन पोखरीमा जिम्मेवारी दिने गरी काम अगाडि बढाएको छ ।

ठुलो क्षेत्र ओगटेको पोखरी मध्ये पहिलो चरणमा USAID – तयार नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डोको लागि आज बाट काम सुरु गरेको छ । पानीको व्यवस्थापनका लागि पोखरी नजिकै बोरिङको व्यवस्थापन गर्दै गरेको जानकारी रूपान्तरण नेपालका फिल्ड संयोजक बम बहादुर ओलीले बताएका छन ।

यस पोखरीको चारै तिरको भागमा काँडेतार, वृक्षारोपण सँगै एकीकृत माछा पालन कार्यक्रम, तरकारी खेती, घाँस खेती, हासको पालन लगायतका योजना अगाडि बढाउने तयारी रहेको जनाइएको छ ।

कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिका बडा न. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले पूजाआजा गरी कामको थालनी अगाडि बढाएका हुन् । पोखरीको मर्मत सम्भार कार्यक्रममा बोल्दै भट्टले भने, यस पोखरीको निर्माण र यस ठाउँका स्थानिय हरुको जीवनस्तर उकास्न सहयोग पुग्ने बताएका छन । यस पोखरी निर्माण कार्यका लागि सबै आ–आफ्नो ठाउँबाट सहयोग गरी सफल व्यावसायी बन्नमा सहयोग पुग्ने समेत व्यक्त गरेका छन ।

Loading...