Division ban Pahalmanpur

मोटरेबल पक्की पुल निर्माणको कार्य थालियाे

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ ।

Malpot office jogbudha

निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो । ‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो, निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने,‘ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौँ । पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उनले बताए ।

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षात्का बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको उल्लेख गर्दैै उनले पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने बताए । वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए ।

नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ । पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकोमा खुशी व्यक्त गर्दै उनले भने । रासस

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...