कञ्चनपुरमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु 

कञ्चनपुर- कञ्चनपुरमा ढुङ्गा प्रहारबाट एक जनाको मृत्यु भएको छ । बेलौरी नगरपालिका–६ विद्यानगर बस्ने  ६४ वर्षीय लक्षि चन्दलाई सोही ठाउँ स्थित बाटोमा हिडी रहेको अवस्थामा अपरिचित ब्यक्तिले ढुङ्गा प्रहार गरेका थिए । ढुङ्गा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा चन्दको बुधवार मृत्यु भएको हो । 

ढुङ्गा प्रहार गर्ने ३५ वर्षीय महेश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही नगरपालिकाको दुङ्लीबाट पक्राउ गरेको जनाएको छ । भण्डारीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...