Satyawati
Division ban Pahalmanpur

शुक्लाफाँटाका किसानलाई उन्नत जातको बीउ वितरण

Purbadhar dadeldhura

कञ्चनपुर- उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले १ सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । 

Malpot office dadeldhura

चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो । नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्म मार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए। 

‘किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ’, शाखा प्रमुख बुढाऐरले भने, ‘चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ ।’ उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उहाँले जानकारी दिए । 

Dadeldhura Aspatal & Ban
Loading...