Satyawati
Division ban Pahalmanpur

अत्तरियाको दुर्गालक्ष्मी नमुना माविद्वारा शैक्षिक कार्य पात्रो सार्वजनिक   

Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ को वार्षिक कार्यक्रम तथा शैक्षिक कार्य पात्रो सार्वजनिक गरेको छ । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश शाहले अध्यक्षता गरिएको कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि गोदावरी नगरपालिका शिक्षा शाखाका विष्णु अवस्थी रहेका थिए । कार्यक्रममा स्काउटका केन्द्रीय प्रशिक्षक जहरसिंह थापा र मालाखेती अस्पतालकी नर्स हेमा श्रेष्ठको लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गगन राज भट्टले गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टले यस क्षेत्रको सबै भन्दा ठूलो विद्यालय दुर्गालक्ष्मी भएको र आज शैक्षिक पात्रोको सार्वजनिक कार्यक्रम भएको हुँदा क्यालेन्डरले शिक्षण सिकाइ प्रक्रिया तथा शैक्षिक कार्यक्रम नियमित गर्न सहयोग गर्ने क्यालेन्डर अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यक भएको र विद्यालयलाई आज भन्दा बढी राम्रो बनाउन आवश्यक भएको हामीहरूको आपसी छलफलबाट पनि समस्याको समाधान हुने विद्यालय र नगरपालिकाले निष्पक्ष रुपमा आगामी कार्यक्रमहरू गर्ने शिक्षक साथीहरूले सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो । 

Malpot office dadeldhura

कार्यक्रममा बोल्दै प्राधानाध्यापक जोशीले विद्यालयको भौतिक संरचना बनिरहेको र संरचना बनेपछि थप शैक्षिक जनशक्ति प्रवर्द्धन गर्न सकिने बताए । थप शिक्षक कर्मचारीहरूको व्यवस्था गरी यस नमुना विद्यालयलाई अझै राम्रो बनाउने योजना रहेको बताउँदै हाल विद्यालयमा विद्यार्थी संख्या बालविकास र प्लस टु लगाएर ३ हजार २ सय ७४ र शिक्षक कर्मचारी संख्या १ सय जति रहेको बताइएको छ । 

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाहले ‘पुस्तकरहित शुक्रबार’ अन्तरगत विद्यालयमा शुक्रबार आयोजना गरिने विभिन्न अतिरिक्त कार्यक्रमले विद्यार्थीको वास्तविक जीवनमा परिवर्तन ल्याउने बताए । कक्षा शिक्षकको कार्ययोजना अनुसार ‘पुस्तकरहित शुक्रबार’ लागू गरिएको शाहले बताए ।  उक्त कार्यक्रम अन्तरगत गत हप्ता प्रकृतिसँग विद्यार्थी कार्यक्रमको आयोजना गरिसकेको समेत शाहले बताए । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलताको विकास गर्नुका साथै केही गर्ने मानसिकता जागृत हुने शाहको भनाई छ ।

विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यवहारिक शिक्षा दिन थालिएको शाहले बताए । मौलिकता हराउँदै गई रहेको अवस्थामा समेत हरेक शुक्रबार आयोजना हुने फरक फरक कार्यक्रम सांस्कृतिक हिसाबले पनि फाइदाजनक हुने शाहले बताएका छन् ।
अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनु भन्दा पनि विद्यार्थीको रुचि र उनीहरूको क्षमता अनुसार दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गराई बनाउन पनि सिकाउने उनले बताएका छन् । 

त्यसैगरी मंगलबार नै एक कार्यक्रमका बिच विद्यालयमा प्राथमिक उपचार केन्द्रको उद्घाटन समेत गरिएको छ । उपचार केन्द्रको उद्घाटन प्रमुख अतिथि विरेन्द्र भट्टले गरेका हुन । मालाखेती अस्पतालकी हेमा श्रेष्ठले प्राथमिक उपचार केन्द्रले विद्यार्थीलाई परामर्श घाउचोट जीवनजल आदिको व्यवस्था गर्ने र आवश्यक परे विद्यालयले हामीहरूलाई खबर गरे पछि हामीहरू विद्यालयमा तुरुन्त आउने श्रेष्ठले बताइन ।

Dadeldhura Aspatal & Ban
Loading...