Satyawati
Division ban Pahalmanpur

कैलालीको लम्कीमा भारतीय एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

Purbadhar dadeldhura

अत्तरिया– कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना भएको छ । आज बिहान ७ बजेको समयमा लम्कीचुहा नगरपालिका ३ बलचौर मा युके ०४ पीए १९०५ भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटना भएको हो ।

Malpot office dadeldhura

एम्बुलेन्स भारतको हल्द्वानीबाट बर्दिया ९ राजापुरकी १८ वर्षीय अन्जली परियारलाई बोकेर आएको थियो । अस्पतालले बचाउन नसकिने बताएपछि परिवारले अन्जलीलाई भेन्टिलेटरबाट निकालेर फिर्ता ल्याएका थिए । सोही क्रममा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

अन्जलीको मृत्यु भएको बताईएको छ । उनको मृत्युको कारण भने दुर्घटना वा रोग नै भन्ने विषयमा अनुसन्धान पछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एम्बुलेन्स आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

Dadeldhura Aspatal & Ban
Loading...