Satyawati
Division ban Pahalmanpur

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताका तीन खेल सम्पन्न 

Purbadhar dadeldhura

कैलाली- कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा चौथो दिन सोमबार तीन खेल सम्पन्न भएका छन् । बिहान भएको पहिलो खेल घोडाघोडी युवा क्लब घोडाघोडी र हिमालय युवा क्लब भजनी बिच भएको थियो । जसमा घोडाघोडी युवा क्लबले ३ गोल प्रहार गर्दे विजय भयो । निर्धारित खेल समयमा हिमालय युवा क्लब भजनीले १ गोल मात्र फर्काउन सक्यो । बिहान भएको खेलको म्यान अफ द म्याच घोडाघोडी युवा क्लब खेलाडी सुरेन्द्र ढकाल भए ।

त्यसैगरी दिउँसो भएको दोस्रो खेलमा पन्चकोशी  युवा क्लब लम्की र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा पन्चकोशी  युवा क्लबले ३ गोल प्रहार गर्दे बिहानी युवा क्लब भजनीलाई हराएको थियो । निर्धारित खेल समयमा बिहानी युवा क्लब भजनीले १ गोल फर्काउन सफल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच पन्चकोशी युवा क्लब लम्कीका खेलाडी देवीराम मगर घोषित भएका छन् ।

Malpot office dadeldhura

सोमबार नै भएको दिउँसो तेस्रो खेलमा स्टार सिटी धनगढी र विजय स्पोर्ट्स क्लब धनगढी बिच खेल भएको थियो । जसमा विजय स्पोर्ट्स क्लब धनगढीले ३ गोल प्रहार गर्दे स्टार सिटी धनगढीलाई हराएको थियो । निर्धारित खेल समयमा स्टार सिटी धनगढीले गोल फर्काउन सकेन । उक्त खेलको म्यान अफ द म्याच विजय स्पोर्ट्स क्लब धनगढीका सन्दीप क्षेत्री घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ ।

ए डिभिजन लिनको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Dadeldhura Aspatal & Ban
Loading...