Satyawati
Division ban Pahalmanpur

मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले धनगढी उपमहानगरपालिका–१४ को बी गाउँबाट सुदूरपश्चिम प्रदेश ०१००१० प १९३५ नम्बरको चोरीको मोटरसाइकल सहित दुई युवकलाई पक्राउ गरेको हो । भजनी नगरपालिका–२ का २२ वर्षीय रवि चौधरी र २० वर्षीय रोहित चौधरी पक्राउ परेका छन् ।

दुबै युवकले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१००९ प ९९३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...