


अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न. १२ को गौरीशंकर आधारभूत विद्यालय चौकी–हलौडेको शिक्षक अभिभावक संघको संयोजकमा दिपक खत्री चयन भएका छन ।



आफूलाई संयोजक जस्तो गरिमामय पदमा चयन गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका छन भने यस विद्यालयको शैक्षिक गतिविधिलाई अगाडि बढाई अध्ययनरत विद्यार्थीको उज्जल भविष्यका लागि आफू लागि रहने बताएका छन ।


यस समिति भन्दा पहिले गत वर्षको अभिभावक संघको संयोजकमा खिना देवी खत्री रहेकी थिइन । उहाँले घरायसी कामकाजका कारण जनाउदै विद्यालयको विकास र शैक्षिक गतिविधिलाई अगाडि बढाउन समय दिन नसकेको जनाउदै दिपक खत्रीलाई सर्वसम्मत चयन गरिएको हो ।
आज विद्यालयमा ज्येष्ठ नागरिक बजिर सिंह साउदको अध्यक्षतामा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष गौरे दमाई सहितको उपस्थितिमा अभिभावकहरूको आम भेलाबाट दिपक खत्रीलाई संयोजकमा चयन गरिएको थियो ।





