Satyawati
Division ban Pahalmanpur

यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व सङ्कलन

Purbadhar dadeldhura

अत्तरिया- यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०/०८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए ।

Malpot office dadeldhura

निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबै भन्दा बढी ४० करोड २८ लाख ५२ हजार १ सय ७३ राजश्व सङ्कलन गरेको छ । सबै भन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट १९ हजार ९ सय राजश्व सङ्कलन गरेको छ । चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १० करोड ६० लाख ७२ हजार ९ सय आठ, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट ८३ लाख ५७ हजार ८५ र व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ४५ लाख ६ हजार ५ सय २५ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै चालु आवमा कार्यालयको बेरुजु रकम १ लाख १८ हजार ८ सय रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । त्यसैगरी यातायात व्यवस्था कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा विभिन्न राजश्व शीर्षकबाट ६३ करोड ९४ लाख ३० हजार ४ सय १४ राजश्व सङ्कलन गरेको उनले बताए । जस अन्तर्गत कार्यालयले सवारी साधन कर शीर्षकबाट सबै भन्दा बढी ४७ करोड १७ लाख ७२ हजार १ सय ४४ र सबै भन्दा कम अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २० हजार राजश्व सङ्कलन गरेको थियो । यस्तै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १५ करोड ४२ लाख ७६ हजार सात सय २५, बाटो इजाजत, प्रदूषण र जाँचपासबाट १ करोड २२ लाख ६ हजार ५० र व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट ९ लाख ९२ हजार १५ राजश्व सङ्कलन गरेको छ ।

यस आर्थिक वर्षमा बेरुजु रकम १ लाख ६३ हजार ४ सय ८० रहेको कार्यालयका निमित्त प्रमुख शाहले बताए । यस्तै कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न राजश्व शीर्षकबाट ५५ करोड ३६ लाख ४६ हजार १ सय ९२ राजश्व सङ्कलन गरेको जनाइएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...