धनगढी- कैलालीको धनगढीमा रुखबाट लडेकी एक महिलाको मृत्यु भएको छ । आइतबार धनगढी उपमहानगपालिका–९ मा रुखबाट लडेर घाईते भएकी ६० वर्षीय राजु देबि बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी थिईन् । उनलाई सेती प्रादेशिक अस्पताल धनगढीमा पुऱ्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।