Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिममा एकै दिन ६ जिल्लाका २० स्थानमा डढेलो

Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिममा एकै दिन २० स्थानमा डढेलो लागेको छ । प्रदेशका ६ जिल्लामा शनिबार एकै दिन २० स्थानमा डढेलो लागेको हो । सबै भन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ । डोटीमा पनि ६ स्थानमा डढेलो लागेको छ । त्यस्तै अछाममा तीन, बझाङमा दुई, बैतडीमा एक र कैलालीमा एक स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभाग अन्तर्गतको डढेलो पहिचान तथा अनुगमन प्रणालीमा रेकर्ड भएको छ ।

Malpot office dadeldhura

तर नियन्त्रणका प्रयास भने निकै फितलो छ । डढेलोका कारण पछिल्लो समय वायु प्रदूषण पनि उच्च भएको छ । वातावरण विभागका अनुसार वायु प्रदूषण कम हुन पानी पर्नु पर्छ । तर अझै पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

वातावरण विभागका अनुसार केही दिनयता वायुको गुणस्तर अर्थात् एयर क्‍वालिटी इन्डेक्स–एक्यूआई मापन बढ्न थालेको छ । विहीबार भीमदत्त (महेन्द्रनगर) को एक्युआई ६४ मापन भएको थियो । चालु आर्थिक सुरु भएता दुई सय १३ वटा आगलागीका घटना भएका छन् । ती आगलागीका घटनाबाट २ सय ३७ परिवार प्रभावित बन्न पुगेका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...