Satyawati
Division ban Pahalmanpur

घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन

Purbadhar dadeldhura

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम युटिएलको टावर जोखिमयुक्त अवस्थामा रहेको छ ।

Malpot office dadeldhura

बाइल सेवा प्रदान गर्न १४ वर्ष अघि घरधनी सँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मत सम्भार नहुँदा जोखिम बढेको हो । ६ हजार ५ सय मासिक भाडा दिने गरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए । उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकम वृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरुका तीन वर्ष पछि कम्पनी नै सम्पर्क विहीन भएको जानकारी दिए । 

उनका अनुसार टावर राखे देखि मर्मत सम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका ३ घर सहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ, भट्टले गुनासो गरे ।

लामो समय देखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाए पछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुन नसकेको उनले बताए । टावर सँगै घरमा भाडामा लिएको एउटा कोठामा दुई वटा वातानुकूलित एसी र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युतको महसुल ३ लाख रुपैयाँ पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युत लाइन समेत काटिदिएको छ । रासस

Dadeldhura Aspatal & Ban
Loading...