धनगढीमा साढे पाँच लाखका अवैध मोबाइल सहित भारतीय नागरिक पक्राउ

धनगढी- धनगढीमा साढे ५ लाखका अवैध मोबाइल सहित भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गुप्ता भन्सार छलीका मोबाइल सहित पक्राउ परेका हुन् ।

कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट ५ लाख ३२  हजार ८ सय १० का मोबाइल सहित गुप्तालाई पक्राउ गरिएको हो ।

Navadurga sun

प्रहरी सहायक निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थान, गलास २६ प्याकेट, क्यामेरा गलास ३२८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३३९ फोल्डर बरामद गरिएको हो । गुप्ता सहित भन्सार छलीको सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...