सुदूरपश्चिममा तीन वर्षमा ६८८ महिला पक्राउ, ८७ अझै फरार

धनगढी- सुदूरपश्चिममा महिलाहरु पनि अपराधमा जोडिन थालेका छन् । कानुन विपरीतका गतिविधिमा महिलाको संलग्नता बढ्न थालेपछि अधिकांश महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध, बैंकिङ कसुर, ठगी, चोरी लगायत अपराध संलग्न तर फरार रहेका ६ सय ८८ महिला पक्राउ परेका छन्। सुदूरपश्चिमका नौवटै जिल्लाबाट गरी प्रहरीले आर्थिक वर्षदेखि २०७७/०७८ देखि चालु आर्थिक वर्षको २०८०/०८१ को हालसम्म ६ सय ८८ महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

अपराधमा संलग्न ८७ महिला भने अझै फरार छन् । सो अवधीसम्म प्रहरीले १० हजार ७ सय ४८ पुरुषलाई पक्राउ गरेको छ। ६ सय १६ पुरुष भने अझै फरार छन् । सुदूरपश्चिममा २०७७ सालमा कुल अपराधका ३ हजार १ सय ४२ घटना दर्ता भएकोमा तीन हजार एक सय २३ मुद्दाको अन्तिम किनारा लागेको थियो ।

Navadurga sun

सो वर्ष १९ वटा मुद्दा किनारा लाग्ने बाँकी देखिएको थियो । अपराधको मानचित्र २०७८ बढेर ३ हजार २ सय २८ पुगेको थियो । ती मध्ये २ हजार ९ सय ६ मुद्दाको मात्र किनारा लागेको थियो भने ३ सय १२ मुद्दा किनारा लाग्न बाँकी देखिएको थियो । अपराधको संख्या २०७९ मा आएर ह्वात्तै बढेको देखिएको छ ।

सो अवधीमा प्रहरीमा ३ हजार ५ सय ३ मुद्दा दर्ता भएकोमा २ हजार ४ सय ३७ मुद्दाको मात्र अन्तिम टुंगो लागेको थियो भने १ हजार ६६ मुद्दा फछर्यौट हुन बाँकी देखिएको छ । चालु आर्थिक वर्षको हालसम्म अपराध सँग सम्बन्धित कुल १ हजार ७ सय ७३ मुद्दा दर्ता भएका छन् । ती मध्ये १ हजार ८४ मुद्दाको अन्तिम टुंगो लागि सकेको छ ।

बाँकी ६ सय ८९ मुद्दाको भने अन्तिम टुंगो लाग्न बाँकी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको पछिल्लो तीन वर्षे अपराध मानचित्रले देखाएको छ । देहत्याग, चोरी, सङ्गठित तथा आर्थिक अपराध, सामाजिक अपराध, महिला तथा बालबालिका सम्बन्धी, सवारी तथा विविध प्रकृतिका अपराधमा पुरुष सँगै महिलाको संख्या पनि बढ्दो क्रममा देखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...