सुदूरपश्चिममा नागरिक उन्मुक्तिका सबै सांसद मन्त्री

धनगढी- नागरिक उन्मुक्ति पार्टीका सबै सांसदले मन्त्री हुने मौका पाएका छन् । सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्तिका सात सांसद मध्ये यसअघि ६ जना मन्त्री भएकामा बाँकी रहेकी टीका थापा पनि मन्त्री नियुक्त भएसँगै दलका सबै सांसदले मन्त्री हुने सौभाग्य पाएका हुन् । नागरिक उन्मुक्तिका रामेश्वर चौधरी, घनश्याम चौधरी, खुशीराम चौधरी, लक्ष्मण किशोर चौधरी मुख्यमन्त्री कमल बहादुर शाहको मन्त्रिमण्डलमा मन्त्री नियुक्त भएका हुन् ।

यस्तै, नव नियुक्त कैलाश चौधरी यसअघि राज्यमन्त्री नियुक्त भएका थिए भने इन्दिरा गिरी पनि राज्यमन्त्री भएकी छन् । टीका थापालाई मङ्गलवार मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी  मन्त्रीमा नियुक्त गरेसँगै प्रदेश सभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका नागरिक उन्मुक्तिका सबै जना सांसदले मन्त्री हुने पालो पाएका हुन् ।

Navadurga sun

मङ्गलवार मन्त्री नियुक्त भएकी थापा २०७४ मा नेकपा एमालेबाट कैलालीको लम्कीचुहा नगरपालिकाकी उपप्रमुख निर्वाचित भएकी थिइन् । थापाका श्रीमान रतन थापा २०७४ मै एमालेबाट प्रदेश सभा सदस्य तथा कैलाली एमालेको अध्यक्ष थिए । रतन थापालाई एमालेले कारबाही गरेपछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन् ।

२०७९ मा उन्मुक्तिबाट चुनाव लडेका थापा भने पूर्व मुख्यमन्त्री कमलबहादुर शाहसँग पराजित भएका थिए। दीर्घबहादुर सोडारीले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्री हुन तयार भएर प्रदेश प्रमुखको कार्यालय पुगेकी थापालाई सोही दिन मन्त्री नियुक्त नगर्दा थापा दम्पतीले सरकारलाई समर्थन नरहेको बताएकी थिइन् ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका सात जना सांसद छन् । तीमध्ये दुई जना समानुपातिक सांसद हुन् । पछिल्लो ९ महिनामा यी सबै सांसदलाई मन्त्री बन्ने अवसर मिलेको हो । कोही सात महिना भए कोही महिना दिन । अहिले भने सो पार्टीबाट सरकारमा कैलाश चौधरी र टीका थापा मात्रै सहभागी छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...