सुदूरपश्चिममा एकै पटक १ हजार ७७ हवल्दारको सरुवा 

धनगढी- सुदूरपश्चिम प्रदेशमा एकै पटक नेपाल प्रहरीका हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले आज मंगलबार सरुवा गरेको सुचि निकालेको हो ।

जसमा १ हजार ७७ जना हवल्दार, सहायक हवल्दार र वरिष्ठ हवल्दारहरुको सरुवा गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रज्वल महर्जनले बताए । उनका अनुसार यस अगाडि नै हुने भनिएको उक्त सरुवा बझाङमा भएको उपनिर्वाचनका कारण केही ढिला भएको थियो ।

Navadurga sun

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले हवल्दार सरुवा मापदण्डलाई कडाइका साथ पालना गर्दै गरिएको जनाएका छन् । केसीले प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्ड अनुरूप सरुवा गरिएको बताए । जसमा स्थायी ठेगाना भएको ठाउँमा नखटाइएको, पूर्व दरबन्दीमा नखटाइएको, अशक्तलाई माग अनुसारकै स्थानमा पठाइएको, दम्पतीलाई सकेसम्म एकै स्थानमा खटाइएको, र स्कुल एवं प्रशिक्षण केन्द्रमा ड्रील तालिम तथा एसएलसी पासलाई मात्र खटाइएको डीआइजी केसीको भनाई छ ।

जनपद-तर्फका-प्रहरी-वरिष्ठ-हवल्दारहरुको-सरुवा-सूचि हेर्न Click गर्नुहोस

 

ADD Khali jpg
ADD Khali jpg
Loading...