Satyawati
Division ban Pahalmanpur

कञ्चनपुरमा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा ४८ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले सहायक सामग्री वितरण गरेको हो । एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिका सँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो । 

Malpot office dadeldhura

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशी, स्थानीय समन्वय समिति सदस्य उपेन्द्रबहादुर खडायत र एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक बिक्रम जैरू लगायतको उपस्थितिमा २२ थान ह्वीलचियर, ७ थान एंकल फुट अर्थोसिस, पाँच जोडा बैशाखी, पाँच थान वाकर, एक थान रोलेटर, चार थान ट्याउलेट चियर एक थान सिटिङ्ग चियर वितरण गरिएको छ । 

त्यस्तै तीन थान एल्बो क्रच, तीन थान हेण्ड स्प्लिन्ट, तीन थान वाकिङ्ग स्टिक र एक थान घुणा मुनीको कृतिम खुट्टा लगायतका सहायक सामग्री वितरण गरिएको छ । एनएनएसडब्ल्यूएका कृतिम अङ्ग प्रत्यारोपण विज्ञ कृष्णराज भट्टले आइतबार र सोमबार गरि विभिन्न रूपमा अपाङ्गता भएका ४८ जना व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको बताए । भीमदत्त नगरपालिका भित्रका विभिन्न वडाहरूमा क्लस्टर छनौट गरि ४ स्थानमा नापजाँच शिविर सञ्चालन गरिएको उनले बताए ।

Dadeldhura Aspatal & Ban
Loading...