लक्ष्मी राम बिसीको “नाच भायौ छम्म” छलिया गित सार्वजनिक

सन्तोष पाण्डेय/ अत्तरिया- लक्ष्मी राम बिसि को “नाच भायौ छम्म” नामक मौलिक बाजामा आधारित छलिया गित भिडियो सहित सार्वजनिक भएको छ ।

उक्त गितमा शब्द संकलन तथा स्वर गायक लक्ष्मी राम बिसि को रहेको छ भने स्वर सहयोगीमा भुवन प्रकाश वडु , माही वडु र लक्ष्मी नेपाली रहेका छन त्यस्तै छायांकन हरिश महरा , सम्पादन बिरेन्द्र भाट बिपिन रहेका छन भने विग परिवेश रेकर्डिङ स्टुडियो बाट गित रेकर्ड गरिएको थियो । उक्त गित लक्ष्मी राम बिसि युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

यस अघि युटुवटिकटकमा सर्वाधिक चर्चामा रहेको गित न्याउलारानी , ए हिमा तेरो बिहेमा , नक्कली मैना , सल्लै सल्यानी लगायत उहाँका दर्जनौ गित  बजारमा छन । 

बैतडी पाटन-३ घर भएका बिसि शिक्षण पेशा सङसङै  २०५७ साल देखि गितसंगीत क्षेत्रमा आएका हुन । सुदूरपश्चिम को कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले उहाँ शिक्षण पेशा संगै गित संगीतमा लागेका हुन । विगतका देउडा गितहरू जस्तै यस गितलाई पनि दर्शकहरूले मन पराई दिनु हुनेछ  भन्ने आशा गरिएको छ ।

भिडियो हेर्नुस् …….

Loading...