कैलालीको चुरेमा छ वटा सिँचाइ योजनाको काम सुरु

कैलाली- कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छ वटा सिँचाइ योजना निर्माण सुरु भएको छ । चुरे गाउँपालिका–२, ४ र ६ गरी तीन वडामा छवटा सिँचाइ योजना निर्माण सुरु गरिएको हो ।

चुरेका विभिन्न खोलाको पानी नहर संरचना निर्माण गरी खेतीयोग्य जमिनमा सिँचाइ बिस्तार गर्न सिँचाइ योजनाको काम उपभोक्ता समितिमार्फत सुरु गरिएको भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले जनाएको छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदानबाट विनियोजित रु झण्डै एक करोडको लागतमा छ वटा सिँचाइ योजना उपभोक्ता समिति मार्फत निर्माण सुरु भएको कार्यालयका प्रमुख इन्जिनियर अमर बहादुर पालले बताए ।

Navadurga sun

कार्यालयले दिएको जानकारी अनुसार खैराला खोला सिँचाइ योजनामा १५ लाख रुपैयाँ, रानी भुकुडामा २० लाख रुपैयाँ, भुकुडा खोलामा १५ लाख रुपैयाँ, कुमैनामा १५ लाख रुपैयाँ, आमपानी खोलामा १५ लाख रुपैयाँ र बुङ्गा खोलामा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तरकारी र फलफूल खेतीको पकेट क्षेत्रका रूपमा चिनिने चुरेमा सिँचाइ अभावका कारण किसानले आकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहँदै आएको स्थानीय टेक बहादुर शाहले बताए । सिँचाइ योजनाले समस्यामा परेका किसानलाई राहत मिल्ने उनको भनाइ छ ।

निर्माण सुरु गरिएका सबै क्रमागत योजना रहेको डिभिजन कार्यालयले जनाएको छ । चुरे गाउँपालिका सबै वडामा बेमौसमी तरकारी, सुन्तला, कागती, अमिलो, अदुवा लगायत अन्य दलहन बालीका लागि पकेट क्षेत्रका रूपमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । विभिन्न वडामा निर्माण सुरु भएका सिँचाइ योजना सम्पन्न पश्चात किसानका खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको जनाइएको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...