Satyawati
Division ban Pahalmanpur

डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डडेल्धुरा- डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका चेतराज भट्टराई (रोचन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए ।डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...