धनगढीमा अपाङ्गता भएका ७० व्यक्तिलाई सहायता सामग्री दिन नापजाँच

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले गत वर्ष जस्तै यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई खोजी–खोजी सहायता सामग्री वितरण गर्ने भएको छ ।

Dadeldhura hospital

अपाङ्गता भएका व्यक्तिको पहिचान गरी सहायता सामग्री वितरण गर्न अहिले नगरपालिकाको विभिन्न पाँच स्थानमा स्क्रिनिङ्ग शिविर सञ्चालन भइरहेको छ। आइतवार धनगढी–१० जुगेडा सहरी स्वास्थ्य केन्द्रमा नापजाँच शिविर सम्पन्न भएको छ । वडा नम्बर ९, १० र १२ का अपाङ्गता भएका ७० जना व्यक्तिको कान, आँखा र शारीरिक अवस्थाको जाँच गरिएकोमा ४५ जनाले सहयोगी सामग्री आवश्यक रहेको पहिचान गरिएको नगर प्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

यस अघि फूलबारीमा ७५ जना तथा उर्मा सहरी स्वास्थ्य केन्द्रमा भएको नापजाँचमा ७० जना अपाङ्गता भएका व्यक्तिको नापजाँच गरिएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल धनगढी, कैलालीद्वारा धनगढी उप–महानगरपालिकाको विभिन्न पाँच स्थानमा अपाङ्गता नापजाँच शिविर हुनेछ ।

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा इम्प्याक्ट नेपाल, गेटा आँखा अस्पताल र सेती प्रादेशिक अस्पतालको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्यक्तिको खोजी र नापजाँच भइरहेको छ । नापजाँच पछि सम्पूर्ण अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिनेछ ।

Loading...