महाकाली अस्पतालमा जनशक्ति र उपकरणको अभाव

कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ । वि. सं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको कञ्चनपुरको महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो ।

Ganyapdhura gau

जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) का रुपमा परिणत भएको थियो । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दी अनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी रहेको छ । “यहाँ २० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा हाल १२ जना मात्रै विशेषज्ञ चिकित्सक छन्”, उनले भने, “छ जना मेडिकल अधिकृतका दरबन्दीमा १३ जना र एक जना डेन्टल सर्जनको दरबन्दीमा तीन जना कार्यरत छन्।” उनले अहिले एक जना चिकित्सक मात्रै स्थायी रहेको बताए। उनका अनुसार अन्य चिकित्सक नेपाल सरकारको छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा कार्यरत छन् ।

Navadurga sun
Dadhaldhura pur

जनशक्ति मात्रै नभई अस्पतालले स्वास्थ्य उपकरण अभावका कारण यहाँबाट बिरामीको अन्यत्र रेफर गर्नु परेको उनको भनाइ छ । “हाम्रो यहाँ उपचार सम्भव छ तर उपकरण छैन्न”, समितिका अध्यक्ष भट्टले भने, “यहाँ सिटिस्क्यान तथा एमआरआइ मेसिनको आवश्यकता छ ।” उनका अनुसार अस्पतालमा सि–आर्म मेसिन, युएसजी मेसिन, इको मेसिनजस्ता उपकरणको सीमितताका कारण यहाँ आउने सेवाग्राहीले उपचार नपाइ फर्किनु पर्ने अवस्था रहेको छ । “हामी सँग उपलब्ध उपकरण पनि बेलाबेला बिग्रि राख्ने भएकाले पनि सेवाग्राही मार्कामा पर्ने गरेका छन्”, अध्यक्ष भट्टले भने, “यसका लागि हामीले पटकपटक सरकारको ध्यानाकर्षण गराएका छौँ ।”

अहिले अस्पतालमा हाडजोर्नी विशेषज्ञ दुई जना, जनरल सर्जन एक जना, स्त्रीरोग विशेषज्ञ एक जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ एक जना, एनेस्थेसियोलोजिस्ट एक जना, एमडिजिपी तीन जना र रेडियोलोजिस्ट एक जना कार्यरत छन् । अस्पतालमा साइक्याट्रिक विशेषज्ञ, जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ किकित्सकको दरबन्दी भए पनि हाल सम्म दरबन्दी अनुसारका चिकित्सक उपलब्ध हुन सकेका छैनन् ।

अस्पतालमा भौतिक संरचना पर्याप्त छन् । केही संरचना निर्माणाधीन अवस्थामा छन् । तर वर्षौँ देखि अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक अभाव छ भने आवश्यक उपकरणसमेत अभाव हुँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको सेवाग्राही बताउँछन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...