Satyawati
Division ban Pahalmanpur

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

दोलखा- दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५ तौथली नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

Malpot office dadeldhura

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए । जन्ती लिएर शुक्रबार बिहान बसमा ५० जना चढेका थिए ।

बिहीबारको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लगिएको छ । केहीको तौथलीको वडा कार्यालयमा प्राथमिक उपचार भैरहेको मानन्धरले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...