Division ban Pahalmanpur

नाउपाका सांसदले लिए मन्त्रीकाे पद तथा गाेपनीयताकाे शपथ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट कैलाश चाैधरीले सुदूरपश्चिम सरकारकाे भाैतिक पूर्वाधार विकास मन्त्रीकाे पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । बिहीबार राती साढे ९ बजे तिर प्रदेश प्रमुख नाजिर मियाँले चाैधरीलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन् ।

Malpot office dadeldhura

यस अघि नाउपाका रञ्जिता चौधरी समर्थक सांसदहरू आफूहरूलाई बिना मन्त्रालय मन्त्रीकाे जिम्मेवारी दिइएको भन्दै मुख्यमन्त्री दीर्घ सोडारीको शपथ ग्रहण कार्यक्रमबाट बाहिरिएका थिए ।

एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका सांसदहरूले उनीहरूसँग कुरा गरी सहमति भएपछि कैलाश चौधरी मन्त्रीकाे शपथ ग्रहणका तयारी भएका हुन् । नागरिक उन्मुक्तिबाटै थप एक जनालाई मन्त्री बनाउने तयारी सत्ता गठबन्धनकाे छ ।

बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले नवनियुक्त मुख्यमन्त्रीका रूपमा दीर्घ साेडारीलाई पद तथा गाेपनीयताकाे शपथ गराएका थिए । नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन साेडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...