कञ्चनपुरमा २ लाख ६१ हजार बढीको अवैध सामान फेला

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले ढाई लाख बढीको अवैध सामान फेला पारेको छ । जिल्लाका विभिन्न स्थानबाट २ लाख ६१ हजार ३५१ मूल्य बराबरको अवैध सामान फेला परेको हो ।

भीमदत्त नगरपालिका-१० विद्युत कार्यालय नजिक, भीमदत्त-११ चौकी सत्ता, बेलौरी नगरपालिका-१ फटैया, बेलौरी-२ बैजुडाँडा, बेलौरी-६ नकैया, भुराकोटबेलौरी-१० भुडा पन्तचोक नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको चिनी, रिफाईन्ड तेल, चरिको बिउ, लेडिज सुट, चकलेट, सुर्ती, कस्मेटिक सामान, ब्रोइलर कुखुरा लगायतका सामान मंगलबार फेला पारेको प्रहरीले बताएको छ ।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत इलाका प्रहरी कार्यालय बेलौरी तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त मूल्यको सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...