
अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नं ३ मा रहेको बसर युवा क्लबले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम तथा साधारण सभा सम्पन्न गरेको छ ।

बसर युवा क्लबका अध्यक्ष गणेश देउवाको सभापतित्वमा भएको कार्यक्रममा चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायत प्रमुख अतिथि रहेका थिए ।


त्यस्तै बिशिष्ट अथिती कार्यपालिका सदस्य कलपती विक रहेको कार्यक्रममा स्थानीय बुद्दिजिबी समाजसेवी क्लबका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । सचिव रमेश क्षेडाल संचालन गरेको कार्यक्रममा क्लबका सदस्य छत्र क्षेडालले स्वागत मन्तव्य सहित आगामी योजना वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्रिमूर्ति सहकारी संस्थाका अध्यक्ष भोज क्षेडाल, जनकल्याण आ वि का अध्यक्ष पृथ्वी बिष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा क्लबको भवनको लागि जग्गा दाता चक्र क्षेडाल र खेल मैदान दाता करण विक र भवानी विक लाई सम्मान गरेको थियो र साथै क्लबको तर्फ बाट सुरेश क्षेडाल र मनोज बोहरालाई पनि सम्मान गरिएको थियो ।
क्लबले बिभिन्न समय समयमा रचनात्मक कार्यक्रमहरू गर्दै आएको छ स्वास्थ्य शिविर, निःशुल्क शैक्षिक सामाग्री वितरण, पर्यटन महोत्सव, वडा कप गाउँपालिका कप भलिबल प्रतियोगिता संचालन गर्दै आइ रहेको छ ।