
धनगढी- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको कारबाहीमा परेकी सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीको पुर्नबहली भएको छ । नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद गिरीलाई सर्वोच्च अदालतले पुर्नबहाली गरेको हो । उनलाई पदबाट नहटाउनु भनेर स्टे अडर जारी भएको छ ।





पार्टीको निर्णय विपरीत प्रदेश सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नआएपछि गिरीलाई अध्यक्ष श्रेष्ठले प्रदेश सभा सदस्यबाट हटाएको पत्र पठाइकी थिइन । गिरीले सुदूरपश्चिमका सभामुख भीम भण्डारी सहितलाई विपक्ष बनाएर सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन । गिरीले सर्वोच्च अदालतले न्याय दिइएको बताएकी छन् । रेशम चौधरी पक्षले गिरीलाई कमलबहादुर शाह सरकारमा राज्य मन्त्री पठाएको थियो । दलकाे नेताले कारबाही नगरेकाले उनकाे पद रहेको हाे ।




लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर, कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेनन् । रञ्जीता पक्ष मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए । श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरूलाई भने कारबाही गरेकी छैनन् । नागरिक उन्मुक्तिका ७ प्रदेश सभा सदस्य मध्ये गिरी र टीका थापा समानुपातिक हुन् ।