

डडेल्धुरा- डडेल्धुरामा चोरी मुद्दामा फरार रहेका एक युवक पक्राउ परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बस्ने २८ वर्षीय तेज कैनी शुक्रवार पक्राउ परेका हुन् ।




जिल्ला अदालत डडेल्धुराको फैसलाले चोरी मुद्दामा ३३ हजार जरिवाना ठहर भई फरार रहेका कैनीलाई प्रहरी चौकी पोखरा डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालतमा पेश गरेको छ ।



