कैलालीमा अवैध सालको काठ बरामद

Dadeldhura hospital

धनगढी- कैलालीमा अवैध सालको काठ बरामद गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका-५ सडकपुरबाट गोरु गाडासहित ५८.०३ क्युफिट सालको काठ बरामद गरेको प्रहरीले जनाएको छ । 

बुधबार राति करिब २ः४५ बजेतिर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । मानिस भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । बरामद गरेको  काठसहित गोरु गाडालाई प्रहरीले सब डिभिजन वन कार्यालय बसन्ताको जिम्मा लगाएको जनाएको छ ।  

bhagawat sav house
Loading...