

कञ्चनपुर- कञ्चनपुरमा रुखबाट लडेर घाईते भएकी एक महिलाको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बसन्तपुरका अन्दाजी ६० वर्षीया अहिलादेबि बिष्टको हिजो (बुधवार) रुखबाट लडेर मृत्यु भएको हो ।

विष्ट आफ्नै घर नजिकै रहेको कुसुमको रुखबाट घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएकी थिइन् । उनको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा बुधबार राति दुई बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
