सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व लिनेगरी अगाडि बढ्ने विषयमा छलफल थालेको छ । बुधबार नाउपाका संरक्षक रेशम चौधरीको उपस्थितिमा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको सरकारी निवासमा सांसदहरूबीच प्रदेश सरकारको नेतृत्व लिनेगरि अघि बढ्ने विषयमा छलफल भएको हो ।

छलफलमा सहभागी सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीले भने, “नयाँ गठबन्धनमा मुख्यमन्त्री हाम्रो बटमलाइन हो । संरक्षक ज्यूले सरकार नेतृत्व लिनेगरि एकमत भएर अघि बढ्न हामीलाई सुझाव दिनु भएको छ,” उनले भने, “अर्काे चरणमा फेरि बसेर निष्कर्षमा पुग्ने कुरा भएको छ।” उनले संरक्षक सहितको बैठकमा यो बीचमा भएका घटनाक्रमको समेत समीक्षा भएको बताउँदै अब एकमत भएर अघि बढ्ने कुरामा छलफल केन्द्रित भएको सुनाए ।

Navadurga sun

उनले नाउपामा भएको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भएको भन्दै हाम्रो नेतृत्वमा सरकार बनेपछि यो विवाद साम्य हुने उनको भनाई छ । छलफलमा नाउपाले प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी इन्दिरा गिरी सहितका सबै सांसद सहभागी थिए ।

संघमा नयाँ समीकरण बनेपछि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी बीच विवाद सिर्जना भएको थियो । रञ्जिता सुदूरपश्चिममा नयाँ गठबन्धनको पक्ष र रेशम कांग्रेसको पक्षमा उभिएका थिए । रेशमको जोडबलमा नाउपाका ७ मध्ये ५ जनालाई मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री बनाएका थिए । तर रञ्जिता पक्षका कैलाश र टीका थापा शाहलाई विश्वासको मत नदिने पक्षमा उभिए पछि उनले २२ चैतमा पदबाट राजीनामा गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...