अछाममा रुखबाट लडेर एक जनाको मृत्यु

अछाम- अछाममा रुखबाट ‘झ्याउ’ निकाल्ने क्रममा लडेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोसन गाउँपालिका– ५ का १४ वर्षीय पुरन रोकायाको रुखबाट लडेर मृत्यु भएको हो ।

Dadeldhura hospital

स्थानीय भरत रोकायाका १४ वर्षीय छोरा पुरनको बुधवार रुखबाट लडेर मृत्यु भएको हो । गाउँ नजिकै रहेको सालिमकोट सामुदायिक वनको चौतारामा रुखबाट झ्याउ निकाल्ने क्रममा उनी लडेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनी नीलकण्ठ माध्यमिक विद्यालय पातलमा कक्षा ७ मा अध्ययनरत रहेका थिए । उनी कक्षाकै प्रथम हुने विद्यार्थी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । अछामको रामारोसन लगायतका लेकाली क्षेत्रमा रुखहरूबाट जडीबुटी तथा झ्याउहरू निकाल्ने बेचबिखन गर्ने गरिएको छ ।

Loading...