
डोटी- डोटीको एक घरमा आगलागी भएको छ। डोटीको पूर्वी चौकी गाउँपालिका –३ सेरागाउँमा रहेको गगन सिंह खड्काको घरमा सोमवार आगलागी भएको हो ।


बिजुलीको तार सट भएर घरमा आगलागी हुँदा अन्दाजी ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घर भित्र रहेका रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचर, भाँडावर्तन, मोबाइल २ थान लगायतका सामान धनमाल जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय तथा चौपाया क्षती नभएको र उक्त आगलागी स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।