भारतको नैनितालमा गाडी दुर्घटना हुँदा ७ नेपाली सहित ८ जनाको मृत्यु

धनगढी- भारतको नैनितालमा गाडी दुर्घटना हुँदा ७ नेपाली सहित ८ जनाको मृत्यु भएको छ । नैनिताल जिल्लामा भएको दुर्घटनामा ७ नेपाली सहित ८ जनाको मृत्यु भएको हो । मृतक नेपालीहरू ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धिरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेत छन् ।

udhok dadeldhura

सोमवार राति नैनितालको बेतालघाट नजिकै गाडी सडकबाट १५० मिटर तल खसेको भारतीय सञ्चार माध्यममहरूले बताएका छन् । स्टेट डिजास्टर रेस्पोन्स टिम (एसडिआरएफ) को टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको थियो ।

उक्त टोली र स्थानीयले मिलेर घटनास्थलबाट ८ जनाको शव निकालेको थियो । मृतक ७ जना कञ्चनपुर महेन्द्रनगरका रहेको बताइएको छ ।दुर्घटनामा ज्यान गुमाएका चालक राजेन्द्र कुमार भने सोही बेतालघाटका स्थानीय हुन् । उनीहरू जल जीवन मिसन प्रोजेक्टमा काम गर्थे । काम सकेपछि उनीहरूले एउटा गाडी भाडामा लिएर टनकपुरस्थित चम्पावाट जाँदै थिए । गाडीमा ९ जना नेपाली सवार थिए । उनीहरु घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

Loading...