सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेतामा घनश्याम आउट 

gyan kendra dadel

धनगढी- सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले संसदीय दलका नेता रहेका घनश्याम चौधरीलाई आउट गरेर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकिएको छ । घनश्याम आर्थिक मामिला मन्त्री समेत हुन् । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आइतबार सभामुख भीम बहादुर भण्डारीलाई पत्राचार गर्दै कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन् ।

Khanepani dadeldhura
udhok dadeldhura

अध्यक्ष चौधरीले चैत्र २५ गते सोमबार केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै यस अघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको उल्लेख छ ।

ajaymeru gaupalika

अध्यक्ष चौधरीले संसदीय दलको विधान समेत पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षका हैसियतमा आफैँमा निहित रहेको यस अघि नै सार्वजनिक वक्तब्यद्वारा जानकारी गराएकी थिइन् । सोमबार नै प्रदेश सभाले नाउपाकी सांसद इन्दिरा गिरीको सांसदपद हटेको जानकारी गराएको थियो ।

Loading...