धनगढी- धनगढी उपमहानगरपालिकाले पहिलो पटक अनलाइन मार्फत नागरिकताको फाराम सिफारिस गरेको छ । सो कार्यालयले जिल्ला प्रशासन कार्यालय कैलालीलाई पहिलो पटक अनलाइन मार्फत नागरिकताको फाराम सिफारिस गरेको हो ।
धनगढी उपमहानगरपालिकाको कार्यालयले धनगढी उपमहानगरपालिका-२ का प्रशंसा जोशीको नागरिकताको फाराम अनलाइन मार्फत सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई अनलाइन मार्फत फाराम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले अनलाइनबाट प्रदेशमै पहिलो पटक सिफारिस हस्तान्तरण गर्ने र लिने कार्य भएको जनाए ।
