धनगढीमा एकै दिन ९१ सामुदायिक कुकुरको बन्ध्याकरण

gyan kendra dadel

धनगढी- धनगढी उपमहानगरपालिकाले आज (शनिवार) एकै दिन ९१ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाको  आयोजनामा भएको  सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम अन्तर्गत आज दोस्रो दिनमा उपमहानगरपालिका–७ पटेला, १ नम्बर वडा अदालत रोड, वडा नम्बर–८ धनगढी गाउँ र वडा नम्बर–१२ जुगेडामा गरि ९१ वटा सामुदायिक कुकुरहरूको  बन्ध्याकरण गरेको छ।

Khanepani dadeldhura
udhok dadeldhura

शुक्रवार बाट सुरु भएको शिविर चार दिन सम्म सञ्चालन हुने छ । शुक्रबार र शनिबार गरि १ सय २३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । उपमहानगरपालिकाले यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्न लागेको हो ।

ajaymeru gaupalika

नगरपालिका परिसरका तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ । उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ ।

गत वर्ष १५० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकोमा यो वर्ष दोब्बर संख्यामा कुकुरको बन्ध्याकरण गरिने उपमहानगरपालिकाले जनाएको छ। सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गरिँदै आएको छ ।

Loading...