सार्वजनिक पदमा रहेका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान

अछाम- अछामको तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ।

मंगलवार एक सूचना मार्फत गाउँपालिकाले सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको हो ।

Navadurga sun

यस अघि गएको मंसिर ८ र ९ गते सञ्चालन भएको शैक्षिक संवाद कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि, शिक्षक संगठन सहितले आफ्ना बालबालिकालाई अब देखि सामुदायिक विद्यालयमै पडाउने प्रतिबद्धता जनाएका थिए। त्यसैअनुसार गाउँ कार्यपालिकाले पुस १२ गते सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...