बझाङमा सङ्गै जोडिएका तिन घरमा आगलागी

बझाङ- बझाङमा एकै धुरी सङ्गै जोडिएका ३ घरमा आगलागी भएको छ । आज (सोमवार) दिउँसो बझाङको मष्टा गाउँपालिका वडा नम्बर ६ रिलुका जिते रोकाया, ईश्वर रोकाया र लोकेन्द्र रोकायाको घरमा आगलागी भएको हो ।

आज दिउँसो १२ बजेतिर रिलु टोलमा सङ्गै जोडिएका पथ्थरले छाएका ३ तले घरहरुमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए ।

आगलागी प्रहरी टोली र स्थानीय हरुले आगो नियन्त्रणमा ल्याएका हुन् । आगलागीबाट मानबिय क्षति नभएको र घरमा भएको क्षतिको पूर्ण विवरण आउँन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...