पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपियाँले वृद्धि भएको छ । सोमबार देखि वृद्धि हुने मूल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको सोमबारको निर्णय अनुसार सोमबार देखि नयाँ मूल्य लागू हुनेछ ।

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा सोमबार यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपियाँ १ सय ७२ रुपियाँ ५० पैसा रहेको छ । यस्तै, दोस्रो वर्ग अन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर १ सय ७४ रुपैयाँ मूल्य कायम गरिएको छ ।

Loading...