भारतमा ग्यास पड्किदा घाइते भएका चार मध्ये एक को मृत्यु

बझाङ- भारतको बेङ्गलोरमा ग्यास पड्किदा घाइते भएका बझाङका चार जनामध्ये एक जनाको मृत्यु भएको छ । मार्च महीनाको २५ तारिखका दिन भारतमा सिलिन्डर ग्यास पड्किदा बझाङका घाइते चार जना मध्य एक जना महिलाको मृत्यु भएको हो ।

ब्याङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङका चार जना घाइते मध्य मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका वडा नं ११ कि सोनिया धामीको आज अप्रिल १ तारिकका बिहान ४ बजे बैंगलोर स्थित भिक्टोरिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईते ३ जनाको उपचार भईरहेको छ ।

सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहराको उपचार भैरहेको छ । राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्यास जलाउदा उक्त घटना भएको स्थानीय दिपेश दमाइले बताए। घाइतेहरूको व्याङलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको बताइएको छ।

Loading...