सुदूरपश्चिममा १४६ आगलागीका घटनाबाट ७ जनाको मृत्यु

Purbadhar dadeldhura

धनगढी– सुदूरपश्चिममा आगलागीका घटना एक पछि अर्को बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत दोस्रो साता सम्म १ सय ४६ को संख्यामा आगलागीका घटना भएका छन् ।

Malpot office dadeldhura

ती आगलागीका घटनामा परेर ३ पुरुष र ४ महिला गरि ७ जनाको मृत्यु भइसकेको छ । आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन् । घर, गोठ तथा पसलमा आगलागी हुने क्रम चैत महिना सुरु भएयता बढ्दै गएको छ । विद्युतको तार सर्ट भएर सबै भन्दा बढी आगलागीका घटना हुने गरेको विवरण जिल्लाहरुबाट प्राप्त भइरहेका छन् ।

आगलागीकै कारण अहिलेसम्म १ सय ६४ परिवार प्रभावित बन्न पुगेका छन् । साथै आगलागीबाट १३ घरमा आंशिक र १८ घर पूर्ण रुपमा क्षति पुगेको पाइएको छ । आगलागीकै कारण ३३ गोठमा क्षति पुगेर ४२ पशु चौपायामा नोक्सानी भएको छ ।

आगलागीबाट चैत दोस्रो साता सम्म ४ करोड ५० लाख ८ हजार ४५० रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...