सामाजिक विकास मन्त्रीमा नाउपा लक्ष्मण किशोर चौधरी

जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी भयौँ : मन्त्री चौधरी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस अघि विना विभागीय मन्त्रीको शपथ लिएका चौधरीलाई बिहीबार जिम्मेवारी दिए पछि उनले पदभार ग्रहण गरेका छन् ।

Malpot office dadeldhura

सामाजिक विकास मन्त्री चौधरीले जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी रहेको बताए । आफ्नो पार्टीले एक वर्ष पहिले देखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकोले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको मन्त्री चौधरीले बताएका हुन् । उनले भने, ‘सङ्घीय सरकार होस या प्रदेश सरकार, पार्टी चलाउने हो या जनताबाट चुनिएका जनप्रतिनिधिले हो भन्ने हो । जनताले हामीलाई म्यान्डेट दिइसकेका छन् सरकार तपाईँहरू चलाउनुस् भनेर ।

त्यही म्यान्डेट हामी पालना गरिरहेका छौ । पार्टीले सल्लाह सुझाव दिन सक्छ ।’ त्यस्तै, उनले आफूले पाएको जिम्मेवारी सुदूरपश्चिमका जनताको हितमा हुने बताएका छन् । बुधबार मात्रै टीकापुरमा बसेको नाउपाको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर त्यसको एक दिन नबित्दै नाउपाका एक थरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिममा पनि एमाले-माओवादी सहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट मुख्यमन्त्री शाहले नाउपाका मन्त्रीको जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री शाहले बुधबार राति सरकारमा सहभागी नाउपाका मन्त्रीहरूसँग छलफल गरी विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...