अत्तरिया- कैलालीको गेटा स्थित गेटा अस्पतालले २६ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गरी १२ जना स्टाफ नर्स सहित २६ जना स्वास्थ्यकर्मी माग गरेको हो ।
यसैगरी, ल्याब टेक्नीसियन ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना, फिजियोथेरापी सहायक १ जना माग गरेको छ । अस्पतालले करार सेवामा जनशक्ति लिन लागेको हो ।