ग्यास पड्किदा बझाङका चार जना घाइते

Purbadhar dadeldhura
Malpot office dadeldhura

बझाङ– भारतको बेङ्गलोरमा ग्यास पड्किदा बझाङका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेङ्गलोरको सज्जापुर रोड स्थानमा काम गदै आएका बझाङको सुर्मा गाउँपालिका–२ का २१ वर्षीय नयन बोहरा, उनकी श्रीमती १९ वर्षीया सृजना बोहरा, १६ वर्षीया समीरा बोहरा र जयपृथ्वी नगरपालिका–११ घर भएकी सोनिया धामी रहेका छन् ।

राति सुत्ने समयमा ग्यास बन्द गर्न भुलेर रेगुलेटर खुल्लै छोडेको र बिहान ७ः३० बजेको समयमा ग्यास जलाउदा उक्त घटना घटेको स्थानीय दिपेश दमाइले बताए । घाइतेहरूको व्याङलोरको भिक्टोरीया अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको बताइएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...