माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

RBB Bank Suvakamana
Purbadhar dadeldhura

डोटी- माटोको ढिस्कोले पुरिएर डोटीमा एक महिलाको मृत्यु भएको छ । भने तीन जनाको सकुशल उद्धार गरिएको छ । शिखर नगरपालिका ९ ढुङ्गमा माटाको ढिस्कोले च्यापिएर छोयाकी निर्मला रोस्याराको घटनास्थलमै मृत्यु भएको शिखर नगरपालिका ९ का वडाध्यक्ष जगन्नाथ भट्टले जानकारी दिए।

Malpot office dadeldhura

घटना दिउँसो तीन बजेतिर भएको र मृतकको शव राती ११ बजे स्थानीय र सुरक्षा निकायको सहयोगमा निकालिएको वडाध्यक्ष भट्टले जानकारी दिए । नयाँ वर्षमा घर लिप्नका लागि रातो माटो खन्ने क्रममा उनी माटोमा पुरिएको डोटी प्रहरीले जनाएको छ ।

माटो खन्ने तिन जना महिला सकुशल बाहिर निस्कन सफल भएका छन् । १९ वर्षीया लक्ष्मी रोस्यारा, २९ वर्षीया दिपा रोस्यारा र ३९ वर्षीया सुना भुल रहेका छन् । घाइते तीन जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

add haru
Dadeldhura Aspatal & Ban
Loading...