सुदूरपश्चिममा ८ महिनाको अवधिमा आगलागीबाट ४ करोड ४६ लाख बढीको क्षति

कैलाली- सुदूरपश्चिममा ८ महिनाको अवधिमा आगलागीबाट ४ करोड ४६ लाख ७४ हजार ४५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । चालु आर्थिक वर्ष सुरु भएको ८ महिनामा आगलागीबाट धनमाल जलेर नष्ट भएको विवरण प्राप्त भएको छ । 

Ganyapdhura gau
Dadeldhura hospital

प्रदेशका ९ वटै जिल्लामा आगलागीका घटना यस वर्ष पनि दोहोरिएको छ । भौतिक र आर्थिक सँगै आगलागीबाट मानवीय क्षति समेत भएको छ। सो अवधि सम्म आगलागी बाट तीन महिला र तीन पुरुष गरि ६ जनाको मृत्यु भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीको विवरणमा उल्लेख छ ।

Navadurga sun
Godawari sandesh

साथै आगलागीबाट १२ महिला र ८ पुरुष गरि २० जना घाइते भएका छन् । यसका साथै यस प्रकारको घटनाबाट १ सय ५६ परिवार प्रभावित बन्न पुगेका छन् । आगलागीबाट १३ घरमा आंशिक र १६ घरमा पूर्ण क्षति पुगेको समेत पीइओसीले संकलन गरेको विवरणमा उल्लेख छ । सो अवधिमा ३१ वटा गोठमा आगलागी भएर ४० पशु चौपायामा क्षति पुगेको छ ।

साउन देखि फागुन मसान्त सम्म घटेका आगलागीका घटनाबाट चार करोड ४६ लाख ७४ हजार ४५० मूल्य बराबरको धनमाल जलेर नष्ट भएको केन्द्रको अनुमान छ । प्रदेश भित्र सबै भन्दा बढी नोक्सानी आगलागी बाटै हुने गरेको पाइएको छ। विशेष गरी आगलागीका घटना विद्युतको तार सर्ट भएर, ग्यास लिक भएर, एक स्थानमा बालेको आगो अर्का स्थानमा सल्केर, विद्युतीय उपकरण पट्केर, अज्ञात व्यक्तिले गरेको बदमासीले र चुरोट तथा बिडीको ठुटा जथाभावी फाल्ने लगायत कारणबाट हुने गरेको देखिएको छ । पछिल्लो समय विद्युतको तार सर्ट भएर बढी घटना हुने गरेको देखिएको छ ।

Couple
Loading...